आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

भारतमा कोरोनाले एकै दिन ४७९ को मृत्यु, २३ हजार १३५ संक्रमित

गोकर्णेश्वर खबर२४ असार २०७७, बुधबार ०७:२० मा प्रकाशित (३ साल अघि) २२० पाठक संख्या

काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २० हजार ६५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४७९ जनाको मृत्यु भएको छ भने २३ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ लाख ४३ हजार ४८१ पुगेको छ ।

संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो । संक्रमितमध्ये ४ लाख ५७ हजार ४५ जना संक्रमणमुक्त भएका छन् ।