आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पोखरामा दुइटा मोटरसाइकल ठोक्किँदा अचानक आगलागी

गोकर्णेश्वर खबर२१ असार २०७७, आईतवार ०९:४२ मा प्रकाशित (३ साल अघि) ६७२ पाठक संख्या

पोखरा  – पोखराको नयाँ बजारमा दुइटा मोटरसाइकल ठोक्किँदा अचानक आगलागी भएको छ।

महेन्द्रपुलदेखि पृथ्वीचोकतर्फ एकै दिशामा गुडिरहेका मोटरसाइकल नयाँबजारमा ठोक्किएको थियो। आगलागी भएपछि दुबै मोटरसाइकल जलेका छन्।

ग १४ प ३८६१ र ग १६ प ४४४१ नम्बरको दुइटै मोटरसाइकलमा २,२ जना सवार थिए। मोटरसाइकल ठोक्किएपछि चारै जना सामान्य घाइते छन्।

उनीहरूलाई उपचार गर्न गण्डकी मेडिकल कलेज लगिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए।

मोटरसाइकलमा आगोको राँको बलेपछि स्थानीयले पानी हालेर निभाउन खोजेका थिए। तर पानी हालेर पनि आगो ननिभेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

पोखरा महानगरको दमकलले मोटरसाइकलमा लागेको आगो निभाएको थियो।