आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वरमा लायन्स क्लब अफ काठमाडौँ थर्ड आइको स्थापना

गोकर्णेश्वर खबर२० असार २०७७, शनिबार ०७:२९ मा प्रकाशित (३ साल अघि) ६३७ पाठक संख्या

काठमाडौं / विश्वकै दोस्रो ठूलो सामाजिक संस्था लायन इन्टरनेशनल मार्फत् समाजमा रहेका अति विपन्नवर्ग तर्फ लक्षित मानवीय सेवामा आवद्ध गराउने लायनबादको सिद्धान्तलाई आत्मसाथ गर्दै सेवा गर्ने हात र मनहरुलाई संगठित रुपमा परिचालित गराउदै लाने उद्देश्य सहित गोकर्णेश्वर नगरपालिकामा लायन्स क्लब अफ काठमाडौँ थर्ड आइको यस लायन्स वर्ष २०२०/२१ का पहिलो नयाँ क्लब स्थापना गराएको छ ।

फोटो :सरोज बस्नेत

काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्थित कुशल ब्यन्केटमा असार १७ गते भर्च्युल माध्यमबाट गरिएको कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ थर्ड नयाँ क्लब क्लबको घोषण संगै समानित समेत गरेका हुन् ।

फोटो :सरोज बस्नेत

लायन वर्ष शुरु भएको दिनमा नयाँ क्लबले गोकर्णेश्वर नगरपालिका माकलबारीको बागमती किनारामा बिभिन्न सौन्दर्य प्रजातिका ५० भन्दा बढी  बिरुवा रोपिएको थियो  ।

 

उक्त वृक्षारोपण कार्यक्रमम लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल ,डिस्ट्रिक ३२५ ए१ का वर्तमान गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ लायन पेमाछिरी शेर्पा,लायन राजेन्द्र कोइराला , लायन  रोशन बाबु श्रेष्ठ, लायन  पूर्ण तामाङ, लायन शर्मिला भट्ट,लायन बिष्णु लामिछाने, लायन भिष्म रायमाझी,  लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थितिमा वृक्षारोपण गरिएको थियो।