आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर र माकलबारी सहित बिभिन्न संघ सस्थाको संयुक्त आयोजना बृहत रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर१९ असार २०७७, शुक्रबार १३:४३ मा प्रकाशित (३ साल अघि) ६७६ पाठक संख्या

काठमाडौं /लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर र माकलबारी सहितको बिभिन्न संघ सस्थाको संयुक्त आयोजनामा रुपमा बिहिबार  रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

“मंगोलियन हर्टका गायक राजु लामा रक्तदान गर्नु हुदै “

गोकर्णेश्वर नगरपालिका माकलबारी सानो पुलमा बिहान  ९:३० बजे देखि १:३० बजे सम्म चलेको सो रक्तदान कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर र लायन्स क्लब अफ काठमाडौं  माकलबारी मुख्य आयोजक रहेको कार्यक्रममा सहआयोजकको रुपमा  माकलबारी टोलसुधार समिति, नेपाल बुद्दिष्ट तामाङ सुधार समिति सिद्धार्थ टोल उप भोक्ता समिति,  माकलबारी बातावरण समुह, प्रगति महिला समूह, स्वाबलम्बी महिला समुह, बज्रयोगिनी महिला समुह, त्यसै गरि मुक्तिनाथ महिला समूह ,बागमती युवा समाज, हरियाली टोल सुधार समुह, सबु मेडीकल लगायत रहेका थिए ।

लायन वर्ष २०२१/२२को सुरुवात को अवसर पारेर डिस्ट्रिकको आव्हान अनुसार असार  १८ गते बिहिबार  बृहत रक्तदान कार्यक्रम  सम्पन्न भएको हो।  डिस्ट्रिकले सेवाको बिभिन्न कार्यक्रम आयोजना गरि मनाउन गरेको आग्रह अनुसार लायन्स क्लबले सप्ताह ब्यापी बिभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण देश लकडाउन हुँदा अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगत अभावका कारण समस्या उत्पन्न नहोस भनेर आयोजित रक्तदान कार्यक्रममा ७० जना भन्दा बढी रक्तदाताहरुले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका वर्तमान प्रेसिडेन्ट लायन सुमन तिवारीले बताए ।

उक्त रक्तदान कार्यक्रमम लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ इमिडेट पास्ट प्रेसिडेन्ट लायन अनन्त प्रसाद भेटुवाल, डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी,  लायन धर्म शरण श्रेष्ठ, लायन पेमाछिरी शेर्पा, लायन पूर्ण तामाङ, लायन बिनितराज अर्याल,लायन शर्मिला भट्ट, लायन रोशन बाबु श्रेष्ठ,  लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका वर्तमान प्रेसिडेन्ट लायन सुमन तिवारी , लायन्स क्लब अफ काठमाडौं माकलबारीका वर्तमान प्रेसिडेन्ट लायन भिष्म रायमाझी, बिभिन्न संघ सस्थाका प्रतिनिधि,  लगायत रक्तदाताको उपस्थिति रहेको थियो।