आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर,माकलबारी तथा लियो क्लब गोकर्णेश्वरको नयाँ कार्यसमितिद्धारा पदभार ग्रहण

गोकर्णेश्वर खबर१४ असार २०७७, आईतवार २३:३१ मा प्रकाशित (३ साल अघि) ११५४ पाठक संख्या

फोटो : सरोज बस्नेत

काठमाडौं – लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर, लायन्स क्लब अफ काठमाडौं माकलबारी र लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरको नयाँ कार्य समितिद्धारा पदभार ग्रहण गरेका छन् । माकालबारी स्थित जी जी होटलमा संयुक्त कार्यक्रमको आयोजना गर्दै दुइ लायन्स र एक लियो क्लबका नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका हुन । कार्यक्रममा पुरानो कार्य समिति पदाधिकारीहरुद्धारा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरे।

लायन्स क्लब ३२५ ए वान को मनोनित चिफ ए ओ जी लायन बिष्णु भाइ श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजसेवी पुण्य प्रसाद चौलागाई ,जोन चियरपर्सन तथा मनोनित एरिया कोर्डिनेटर लायन पेमा छिरी शेर्पा,सिनियर एओजी लायन राजकृष्ण श्रेष्ठ, लायन बिष्णु लामिछाने, लायन विजय कर्माचार्य, लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन जी एम टि(ग्लोबल मेम्बर शिप टिम) लायन धर्म शरण श्रेष्ठले गरेका थिए। राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन शर्मिला भट्टले झण्डाको अभिवादन बाचन गरेकी थिइन्।

लायन्स क्लब अफ काठमाडौं माकलबारीका (२०१९-२०) प्रेसिडेन्ट लायन राजेन्द्र कोइरालाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।उनले आफ्नो कार्यकालमा भएका कामहरुको समिक्षा प्रस्तुत गर्दै आगामी दिनमा पनि क्लबका गतिविधिहरुले सामाजिक क्षेत्रमा अतुलनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर(२०१९-२०) का प्रेसिडेन्ट लायन पूर्ण तामाङ, लायन्स क्लब अफ काठमाडौं माकलबारीका प्रेसिडेन्ट लायन राजेन्द्र कोइराला र लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरका प्रेसिडेन्ट लियो कृष्ण श्रेष्ठ सहितको कार्यसमितिले लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका वर्ष २०२०-२१ को लागि चुनिएका प्रेसिडेन्ट लायन सुमन तिवारी, लायन्स क्लब अफ काठमाडौं माकलबारीका वर्ष २०२०-२१का प्रेसिडेन्ट भिष्म रायमाझी र लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरको लागि वर्ष २०२०-२१का प्रेसिडेन्ट मनिष श्रेष्ठको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका थियो । कार्यक्रममा दुइवटा लायन्स क्लब र एउटा लियो क्लबले बर्षभरि गरिएको काम सहितको खर्च बिवरण सार्वजनिक गरी क्लबको हिसाब नयाँ कार्यसमितिका कोषाध्यक्षहरुलाई हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लायन्स क्लब ३२५ ए वान को मनोनित चिफ ए ओ जी लायन बिष्णु भाइ श्रेष्ठले समाज प्रति केही गछौं भन्ने उद्देश्यका साथ यस क्षेत्रमा लागेको भन्दै समाजप्रतिको उत्तरदाहित्व वहन गरेर अगाडी बढ्नु पर्ने बताए । उनले हरेक समुदायसँग सहकार्य गरेर बर्ष भरिमा क्लबले सामाजिक काम गरि डिस्ट्रिकको उत्कृष्ट क्लब हुनुपर्नेमा समेत जोड दिए ।

चिफ एओजी श्रेष्ठले आफनो शरिर र क्षमताले भ्याउँदासम्म सामाजिक कर्ममा सकेको साथ र सहयोग प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सेवामुलक काम गरेर क्लबको ख्यातीलाइ झनै बढाएर लैजानुपर्ने धारणा राखे ।उनले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरे।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं माकलबारीले नयाँ सदस्य क्लबमा प्रवेश गराएको थियो । नयाँ सदस्यहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो। जसअन्र्तगत समाजसेवी लायन रोशनबाबु श्रेष्ठ लायन्स क्लब अफ काठमाडौं माकलबारीको फर्स्ट भीपीमा मनोनित गरिएको थियो भने लायन श्रीधर अर्याल ,लायन्स शर्मिला भट्ट, लायन पूर्ण दास श्रेष्ठ ,लायन मन्दिरा दाहाल,लायन सुवाष बिराजी, लायन भिष्म रायमाझी लगायतलाइ लायन्स पिन र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै दुईवटा लायन्स क्लब र लियो क्लबका वर्ष २०२०-२१ प्रेसिडेन्ट क्रमश लायन सुमन तिवारी, लायन भिष्म रायमाझी र लियो मानिस श्रेष्ठले पद ग्रहण गर्दै क्लबलाइ थप सेवाको कार्यमा अग्रसर बनाउने बताए । उनीहरुले वर्ष २०-२१ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठको थिम अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा जोन चियरपर्सन तथा मनोनित एरिया कोर्डिनेटर लायन पेमा छिरी शेर्पाले धन्यबाद ज्ञापन गर्दै नया प्रेसिडेन्टहरुलाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गरे।

उनले कोभिड १९ को महामारी संग जुद्दै सुरक्षित रुपले थप सेवाको कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै लायन वर्ष २०२०-२१को सरुवात संगै क्लबले बिभिन्न कार्यक्रम आयोजना गर्न लागेको हुँदा सक्रिय रुपमा सहभागी भइ कार्यक्रम सफल बनाउन समेत अनुरोध गरे । लायन्स क्लबले वृक्षारोपण रक्तदान निशुल्क भोजन लगायतको कार्यक्रम समाबेश गरि लायन नयाँ वर्ष मनाउने भएको छ ।