आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

लायन्स क्लब अफ काठमाडौं माकलबारीले असार १७ गते वृक्षारोपण तथा खाद्यन्ना वितरण आयोजना गर्दै

गोकर्णेश्वर खबर१३ असार २०७७, शनिबार १०:१२ मा प्रकाशित (३ साल अघि) ५०८ पाठक संख्या
काठमाडौं  / लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं माकलबारीले वृक्षारोपण तथा खाद्यन्ना वितरण कार्यक्रम आयोजना गर्ने भएको छ।
लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर माकलबारीले असार १७ गते बुधबार (1nd July 2020 ) विहान ९ बजे गोकर्णेश्वर नगरपालिका माकलबारी स्थित लायन्स प्रतीक्षालयमा वृक्षारोपण तथा खाद्यन्ना वितरण,नयाँ क्लब घोषणा,नयाँ सदस्यता वृद्धि , MJF Contribution कार्यक्रम आयोजना गर्न लागिएको  लायन्स क्लब अफ काठमाडौं माकलबारीका प्रेसिडेन्ट लाइन राजेन्द्र कोइरालाले गोकर्णेश्वर खबरलाई जानकारी गराए ।
लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर माकलबारीले 1nd july 2020 देखि 7nd july 2020 सम्मा विविध कार्यक्रम गर्ने प्रेसिडेन्ट कोइरालाले बताए।
कार्यक्रमलाई बिराजी मेडिकल र ललितपुर प्याथोलजी प्रा.लि.ले सहयोग गरेको छन ।