आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर सहित बिभिन्न संघ सस्थाको सहकार्यमा असार १८ गते बृहत रक्तदान कार्यक्रम हुने

गोकर्णेश्वर खबर१२ असार २०७७, शुक्रबार २०:३४ मा प्रकाशित (३ साल अघि) ७०९ पाठक संख्या

काठमाडौं  / लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर सहित बिभिन्न संघ सस्थाको सहकार्यमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण देश लकडाउन हुँदा अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगत अभावका कारण समस्या उत्पन्न नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गर्न लागेको  GMT District Coordinator  लाइन धर्म शरण श्रेष्ठले गोकर्णेश्वर खबरलाई  बताए।

लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर सहित माकलबारी टोल सुधार समिति ,नेपाल बुद्धिष्ट तामाङ सुधार समिति माकलबारी, माकलबारी वातावरण समूह, प्रगति महिला समूह, स्वाबलम्बि महिला समूह, बज्रयोगिनी महिला समह, मुक्तिनाथ महिला समूह, बागमती युवा समाज, माकलबारी युवा क्लब, सिद्धार्थ महिला समूह, शबु फार्मेसी, सिद्धार्थ टोल उपभोक्ता समिति  लगायत  संघसंस्थाहरूको संयुक्त आयोजनामा असार १८ गते बिहीबार (2 nd July 2020 )  गोकर्णेश्वर नगरपालिका माकलबारी स्थित सानो पुलमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराए  ।

उनले रक्तसंचार केन्द्रको प्राबिधिक सहयोगमा बिहीबार ९ : ३० बजे देखि  १ : ३० सम्म हुने उक्त रक्तदान कार्यक्रममा रक्तदान  गर्न इच्छुक महानुभाबहरुले नाम टिपाउन पनि अनुरोध गरेका छन ।