आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

जापानको आकाशमा देखियो रहस्यमयी सेतो गुब्बरा : एलियन सिप भएको दावी ! (भिडियोसहित)

गोकर्णेश्वर खबर१२ असार २०७७, शुक्रबार ०२:०० मा प्रकाशित (३ साल अघि) ४४६ पाठक संख्या

एजेन्सी । जापानको आकाशमा एक सेतो गुब्बारा जस्तो आश्चर्यजनक बस्तु देखिएको छ । सामाजिक सञ्जालमा यसको फोटो र भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा यो दृश्यलाई विभिन्न प्रकारले व्याख्या गरिएको छ । धेरैले एलियन सिप भएको टिप्पणी गरेका छन् ।

जापानको सेन्दाइ सहरको आओबा वार्ड नजिकैको आकाशमा यो सेतो आश्चर्यजनक बस्तु कयौँ घन्टासम्म देखिएको थियो । चम्किलो बस्तु बिस्तारै प्रशान्त महासागरमाथिको आकाशबाट हराएको थियो ।

रोयटर्सका अनुसार यो गुब्बारामा उड्नका लागि सहायता दिने जस्तो बस्तु पनि देखिएको थियो । धेरैले मौसम पूर्वानुमानका लागि गुब्बारा छाडिएको बताए पनि जापानको मौसम विभागले कुनै पनि बस्तु नछाडिएको जनाएको छ ।

जापान सरकारका मुख्यसचिव योशिहिदे सुगाले सरकारले यस बारेमा जानकारी लिने प्रयास गरिरहेको जनाएका छन् । तर दृश्य कहाँबाट हरायो भन्ने जानकारी पत्ता लगाउन नसकिएको उनको भनाइ छ ।

जापानका केही नागरिकले उत्तर कोरियाले जापानमा कोरोना भाइरस फैलाउनका लागि यो गुब्बारा पठाएको बताएका छन् । आकाशबाटै हराएको गुब्बाराको खोजीमा जापान सरकार लागेको छ ।