आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनीले बृहत रक्तदान कार्यक्रम गर्दै

गोकर्णेश्वर खबर८ असार २०७७, सोमबार १०:२० मा प्रकाशित (३ साल अघि) ४१५ पाठक संख्या

काठमाडौं / लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनीले बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को आव्हान अनुसार विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण देश लकडाउन हुँदा अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगत अभावका कारण समस्या उत्पन्न नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जोन चियर पर्सन एबम लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनिका प्रेसिडेन्ट गङ्गालाल श्रेष्ठ जानकारी दिएको हो ।

रक्त संचार केन्द्रको प्राबिधिक सहयोग तथा गोकर्णेश्वर नगरपालिका वडा नं ८ संगको समन्वयमा असार १७ गते गोकर्णेश्वर नगरपालिका वडा नं ८ को प्राङ्गणमा बिहान १० बजे देखि शुरु भई अपरान्ह २ बजे सम्म चल्ने उक्त रक्तदान कार्यक्रममा सहभागी हुन समेत आयोजकले अनुरोध गरेका छ।