आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

नेपालमा दैनिक कोरोना संक्रमण बढ्दै, २४ घन्टामा ४३५ जनामा संक्रमण पुष्टि

गोकर्णेश्वर खबर२१ पुष २०७८, बुधबार १९:०३ मा प्रकाशित (२ साल अघि) १८८ पाठक संख्या

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारी अझै निमूर्ल भइसकेको छैन । नेपालमा कोरोनाभाइरस संक्रमण बढ्न थालेको छ । यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो ।

पछिल्लो २४ घन्टामा ४३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि आइतबार २१६ जनामा, सोमबार ३२६ जनामा र मंगलबार ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

पछिल्लो २४ घन्टामा १० हजार २६७ वटा नमुना परीक्षण गर्दा ४३५ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ६१५ जनामा गरिएको पिसिआर परीक्षणमा ३७० जनामा र तीन हजार ५५२ जनामा एन्टिजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २२५ रहेको छ ।

पछिल्लो २४ घन्टामा जना २३९ डिस्चार्ज भएका छन् भने मृत्यु कसैको पनि नभएको छ ।