आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

गोकर्ण प्राथमिक अस्पतालको निरीक्षणमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल

गोकर्णेश्वर खबर२२ चैत्र २०७७, आईतवार २०:२९ मा प्रकाशित (३ साल अघि) ६०२ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको गोकर्ण प्राथमिक अस्पतालको आज बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले निरीक्षण गरेका छन। प्रदेशका मुख्य मन्त्रि डोरमणि पौडेलले सो अस्पतालको उद्घाटन गरेका थिए। २०७७ साल फागुन १६ गते देखि गोकर्ण प्राथमिक अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा र प्रसुती सेवाको सुरुवात समेत गरेको छ । अस्पतालले २४सै घण्टा आकस्मिक सेवा र प्रसुती सेवाको सुरुवात गरे संगै आज बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले अस्पतालको निरीक्षण गरेका छ।

कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, प्रशासन प्रमुख टंक नाथ घिमिरे ,स्वास्थ शाखा प्रमुख हरि प्रसाद उपाध्याय ,गोकर्ण प्राथमिक अस्पताल प्रमुख डा. सृजना पाण्डे ,अस्पताल व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठ,अस्पताल प्रशासन प्रमुख टिका राम खड्का गोकर्णेश्वर नगरपालिका वडा नं ४ का सचिब नवराज सेन  लगायतको उपस्थिति रहेको थियो।