आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

विवाहवन्धनमा बाँधिए मुख्यमन्त्री राई

गोकर्णेश्वर खबर११ माघ २०७७, आईतवार २२:०८ मा प्रकाशित (३ साल अघि) ५३८ पाठक संख्या

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग आज विवाह भएको हो ।

राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थियो । पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए ।

विवाहमा बेहुला र बेहुली आफ्नो जातीय पोशाकमा सजिएका छन् । परम्परागत विधीबाट विवाह सम्पन्न भएको छ ।

४९ वर्षीय राईले आफूभन्दा दोब्बर कम उमेरकी २३ वर्षिया मोडल शेर्पालाई जीवनसाथी रोजेका हुन्। उनीहरू केही समयदेखि प्रेम सम्वन्धमा थिए।
मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।

प्रारम्भीक शिक्षा काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट पुरा गरेकी उनले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी हुन्।

१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।

मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।