आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

कोरोना संक्रमित बढे, धेरै अप्ठ्यारो परिस्थति आयो : स्वास्थ्य मन्त्रालय

गोकर्णेश्वर खबर२४ आश्विन २०७७, शनिबार २०:३४ मा प्रकाशित (३ साल अघि) २१३ पाठक संख्या
काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ।

आज एकैदिन ५००८ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पिसिआर परीक्षण गर्दा उक्त परिणाममा संक्रमित भेटिएका हुन।

एकदिनको वृद्धिमा यो हालसम्मकै सर्वाधिक संख्या हो। आज १२२९ जना मात्र डिस्चार्ज भए।

संक्रमितको संख्या ह्वात्तै बढेसँगै आइसोलेसन तथा अस्पतालहरुमा खचाखच बिरामी भएको जनाउँदै स्वास्थ्य मन्त्रालयले धेरै अप्ठ्यारो समय आएको बताएको छ।

शनिबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सबैलाई सुरक्षित रहन आग्रह गरे।

कोरोना संक्रमित डिस्चार्ज हुनेभन्दा भर्ना हुने क्रम बढ्दै गएकाले धेरै अफ्ठ्यारो स्थिति आएको उनको भनाई छ।

‘हाम्रो लागि धेरै अप्ठ्यारो समय आएको छ। संक्रमितको संख्या धेरै बढेको छ। अस्पताल र आइसोलेसन सेन्टरहरु झन्डै भरिएका छन्। खचाखच बिरामी छन्,’ प्रवक्ता गौतमले भने, ‘बिरामीको डिस्चार्ज हुने दर घटेको छ र संक्रमित बिरामी हुने दर बढेको छ। यसले हामीलाई धेरै अप्ठ्यारो परिस्थितिमा पुर्याउँदै भन्ने आंकलन गर्न सकिन्छ। यसकारण सबै सुरक्षित रहौं।’

सरकारले संघीय संसदका समितिहरु, अदालत र सरकारी कार्यालयमा कुनै पनि बैठक, गोष्ठी र तालिमहरु सञ्चालन नगर्न अनुरोध गरेको छ।