आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

कांग्रेसले राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने

गोकर्णेश्वर खबर२६ फाल्गुन २०८०, शनिबार १३:४५ मा प्रकाशित (१ महिना अघि) ५३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ । यसका लागि पार्टीभित्र छलफल सुरु भएको छ ।

शनिबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय भएको छ । राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका लागि अन्य दलहरूसँग पनि छलफल खुला गरिएको छ ।

अध्यक्ष र उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्ने भने टुंगो लागिसकेको छैन । राष्ट्रियसभाको अध्यक्षका लागि आउँदो २८ उम्मेदवारी दर्ता गर्ने र २९ गते मतदान हुने कार्यतालिका छ ।