आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ हुने

गोकर्णेश्वर खबर२५ पुष २०८०, बुधबार २०:२६ मा प्रकाशित (३ महिना अघि) २१८ पाठक संख्या

काठमाडौँ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा र्‍याप गीतको रियालिटी शो र्‍याप ब्याटल नेपाल’ हुने भएको छ । आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा युजिसा इन्टरनेसलका कार्यकारी निर्देशक सानु खानले शोजका लागि फेब्रुअरीबाट अडिसन सुरु गर्ने जानकारी दिए । उनका अनुसार शो एपीवान टेलिभिजनबाट प्रसारण हुने जानकारी दिएको हो । शोजमा नेपालीसँगै बलिउडका संगीतकर्मी पनि निर्णायक हुने उनले जानकारी दिए ।
शोको अडिसन काठमाडौँ, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ । शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फागुन ०२, इटहरीमा फागुन ०५, चितवनमा फागुन ०९, पोखरामा फागुन १२ र काठमाडौँमा १८ तथा १९ गते गरिने बताए । उनले विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको लागि डिजिटल अडिसन गरिने राजपुतले जानकारी दिए ।