आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख

गोकर्णेश्वर खबर२२ पुष २०८०, आईतवार १६:३२ मा प्रकाशित (३ महिना अघि) १९० पाठक संख्या

काठमाडौं । मिस तामाङ -२०२४ को अडिसनमा ४८ जना प्रतियोगिले भाग लिएका छन् । मिस तामाङको १६ औं संस्करणका लागि काठमाडौंको बागबजारमा शनिबार भएको अडिसनमा ४८ जना प्रतियोगिले भाग लिएका हुुन ।

२७८ जनाले सहभागी हुन फर्म भरेकोमा ४८ जनाले पहिलो अडिसनमा भाग लिएको आयोजक मम्स इनटरनेशनल नेपालकी निर्देशक एवं नायिका रञ्जिता लामा तामाङले जानकारी दिईन । उनका अनुसार प्रतियोगिहरुको पूर्व मिस तामाङ सुमी मोक्तान,सफलता थिङ तामाङ र हालका मिस तामाङ पासाङ याङ्जीले अडिसन लिएका थिए ।

निर्देशक तामाङले ‘सहभागीहरु हेर्दा यस पटक अझ बढि आशा गर्ने ठाउँ रहेको बतार्इन । उनले कला संस्कृतिको प्रवद्र्धनका साथै व्यक्तित्व विकासको महत्वपूर्ण प्लेटफर्मको रुपमा मिस तामाङ आयोजना गर्दै आएको भन्दै पहिलो अडिसनमा सहभागि भएकाहरुको आत्मसवश्वास,आधारभूत क्षमता,प्रस्तुतीले अझ थप हौसला थपेको उल्लेख गरीन् ।

‘फिजिकल विउटीभन्दा ब्रेन अर्थात बौद्धिक शुन्दरतालाई हामीले जोड दिदै आएका छौं” निर्देशक तामाङले भनिन् “तामाङ भाषा,धर्म,कला,संस्कृति,भेषभूषा,रितिरिवाज तथा रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्धेश्यले मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएका छौं । सबैको साथ सहयोग र प्रेरणा आवश्यक छ ।”

नायिका समेत रहेकी रञ्जिता लामा तामाङले सहभागिहरुलाई व्यक्तित्व विकासका साथै तामाङ भाषा,संस्कृति,भेषभूषा,तामाङ सेलो,मौलिक नृत्य एवं तामाङ जातिको सांस्कृतिक,आर्थिक,राजनीतिक,सामाजिक अवस्थाबारे विज्ञहरुबाट प्रशिक्षत गराइने जानकारी दिईन।

सहभागीहरुले आफ्नो व्यक्तित्व विकासका साथै तामाङ भाषा,भेषभूषा,संस्कृति सिक्न र पुस्तान्तरणमा सघाउन तत्पर भएर प्रतियोगितामा सहभागी भएको बताए ।

प्रतियोगिता विजेता तथा प्रथम हुनेले नगद १ लाख,फस्ट रनर अपले ५० हजार,सेकेण्ड रनरअपले ३० हजार,विजेता सबैले नगद पुरस्कार बराबरकै सिल्भर क्राउनका साथै गिफ्ट ह्याम्पर पाउनेछन् ।

विजेताहरुका लागि सिन्धुपाल्चोकबाट हाल प्रवास (भारत) पुग्नुभएका सामाजिक व्यक्तित्व निमा लामाले नगद पुरस्कारको घोषणा गरिसकेको र अन्य सामाजिक व्यक्तित्व,व्यवसायि एवं संघसंस्थाहरुको पनि साथ सहयोगमा प्रतियोगिता सम्पन्न गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको ग्राण्ड फिनाले सोनम ल्होछारको अवसर पारेर फागुन १२ गते राष्ट्रिय सभागृहमा गर्ने तयारी रहेको छ ।

प्रतियोगिताका भाग लिन कम्तीमा एसईई उतिर्ण गरेका,५ फिट उचाई भएका,१६ देखि २९ वर्ष उमेर समूहका विश्वका कुनै पनि ठाउँमा तामाङ कुलमा जन्मेका युवतीहरुलाई सहभागिताको मापदण्ड राखेर मिस तामाङ आयोजना हुदै आएको छ ।