आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

सुन तस्करी प्रकरणमा महराका छोरासहित चार जनालाई मुद्दा चलाउन सिआइबीको राय

गोकर्णेश्वर खबर२१ आश्विन २०८०, आईतवार १८:३६ मा प्रकाशित (६ महिना अघि) १६३ पाठक संख्या

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विद्युतीय चुरोट (भेप) मार्फत् अवैध सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनामाथि अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ।

सिआइबीले शुक्रबार सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै राहुल महरासँगै दावा छिरिङ, लोकेन्द्रबहादुर पौडेल र निमा गुरूङविरूद्ध मुद्दा चलाउन राय दिएको हो। योसँगै पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध भने मुद्दा चलाउनु नपर्ने सुझाएको सिआइबीका एक अधिकारीले बताएका छन्।

सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले पनि राहुल महरासहित चार जनाविरूद्ध मुद्दा चलाउन राय आएको बताए।

ुयस विषयमा हामीले अध्ययन गरिरहेका छौं, उनले भने, अध्ययन सकेर दर्ता गर्ने कि नगर्ने निर्णय हुन्छ।