आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

मालपोतका नासु र खरिदार अख्तियारको फन्दामा, डेढ लाख घुस रकमसहित पक्राउ

गोकर्णेश्वर खबर१२ आश्विन २०८०, शुक्रबार १७:५० मा प्रकाशित (७ महिना अघि) ६३ पाठक संख्या

सुनसरी । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुस रकमसहित रंगे हात पक्राउ परेका छन् ।

उनीहरूलाई अख्तियार अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले शुक्रबार १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित सुनसरीको इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । अख्तियारले ट्र्यापमा पारेर उनीहरूलाई पक्राउ गरेको हो । नासु र खरिदारले सेवाग्राहीसँग घुस मागेको उजुरीपछि अख्तियारले ट्र्याप थापेको थियो ।