आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

गोनपा प्रमुख प्रशासकीय अधिकृत पन्थीद्वारा नगर अस्पतालको निरीक्षण

गोकर्णेश्वर खबर१२ आश्विन २०८०, शुक्रबार १५:२१ मा प्रकाशित (७ महिना अघि) ७८ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगर अस्पतालको निरीक्षण गरेका छन् ।

गोकर्णेश्वर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको हप्ता दिन भित्रै अधिकृत पन्थीले अस्पतालबाट हुने सेवाप्रवाहबारे जानकारी लिन नगर अस्पताल पुगेका थिए ।

अस्पतालमा जनताको प्रत्यक्ष सरोकार रहने भन्दै नगरवासीले पाउँने सेवा सुविधामा तदारुकताका साथ काम गर्न अस्पताल मातहतका कर्मचारीलाई निदेृशन समेत दिए ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले वडा नं ४ को निरीक्षण समेत गरेका थिए ।

अनुगमनमा वडा नम्बर ४ का वडा अध्यक्ष जयराम महत,नगरपालिकाका सूचना अधिकृत भूपेन्द्र बोहोरा,लेखा शाखा प्रमुख एवम् लेखा अधिकृत रामजी रायमाझी,जन स्वास्थ्य प्रमुख हरि प्रसाद उपाध्याय लगाएतको टोली रहेको थियो ।