आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

दैनिक २० किलो सुन आयात गर्न पाईने

गोकर्णेश्वर खबर११ आश्विन २०८०, बिहीबार १६:१३ मा प्रकाशित (७ महिना अघि) ५६ पाठक संख्या

काठमाडौं– वाणिज्य बैंकहरुका लागि दैनिक २० किलो सुन आयात गर्न पाउने बाटो खुला भएको छ।

बिहीबार राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधन गर्दै दैनिक २० किलो सुन आयात गर्न पाउने बाटो खुला गरेको हो। अहिले दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था रहेको थियो।

चाडपर्वमा दैनिक १० किलोको कोटाले सुनको माग धान्न नसकिने भन्दै व्यवसायीहरुले आयातको कोटा बढाउन माग गर्दै आएका थिए।

एकमुष्ट रुपमा आयात गर्दा आगामी दिनको आयात गर्न नपाइने र व्यतित भइसकेको महिनाको पनि आयात गर्न नपाइने राष्ट्र बैंकले प्रस्ट्याएको छ।

तर एकै महिनामा कुनै दिनमा आयात नभएको सुन सो महिनाकै अर्को दिन भने आयात गर्न सकिने बैंकले जनाएको छ।