आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

गोकर्णेश्वर खबर२८ असार २०८०, बिहीबार १६:४३ मा प्रकाशित (९ महिना अघि) ९१ पाठक संख्या

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार ५९ वर्षीय केशव तुलाधरलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।

तुलाधरलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको एसपी रिजालले बताए।

सो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

यसअघि पक्राउ परेका १८ जनामध्ये जिल्ला अदालतमा थुनछेक बहसपछि हाल पूर्व उपप्रधानमन्त्री एवम् नेकपा (एमाले) का तत्कालिन सचिव टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणसहित १६ जना हाल पुर्पक्षका लागि थुनामा छन् भने दुई जना धरौटीमा रिहा भएका थिए।

नक्कली भुटानी शरणाार्थी प्रकरणमा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा चलाइएकामध्ये पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिकसहित ११ जना अझै फरार छन्।