आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

१६ वर्ष मुनिको इस्ट जोन कपको फाइनलमा नेपालले मलेसियासँग खेल्दै

गोकर्णेश्वर खबर१९ असार २०८०, मंगलवार ०७:३३ मा प्रकाशित (१0 महिना अघि) ११६ पाठक संख्या

काठमाडौं – आज नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल्दैछ। फाइनलमा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाल र मलेसियाबीचको फाइनल खेल मंगलबार बिहान सवा ७ बजे कोलालम्पुरमा सुरु हुँदैछ।

नेपालले सेमिफाइनलमा सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै फाइनल पुगेको हो। उता हङकङलाई ७८ रनले पराजित गर्दै मलेसियाले नेपालसँगको भेट पक्का गरेको हो।