आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

आर्थिक अभावका कारण १९ वर्षीय मृगौला पीडितको उपचारमा समस्या आएपछि सहयोगको लागि अपिल

गोकर्णेश्वर खबर६ असार २०८०, बुधबार २०:४८ मा प्रकाशित (१0 महिना अघि) ३२९ पाठक संख्या

काठमाडौं । सिन्धुपाल्चोक गाउँपालिका सुनकोशी -३ की अस्मिता घर्तीको मृगौला फेल  भई उपचारमा समस्या आएपछि सहयोगको अपिल गरेका छन्।

घरको आर्थिक अवस्था कमजोर भएका कारण १९ वर्षीय घर्तीको उपचारमा समस्या भएपछि सहयोगको अपिल गरेका हुन ।

हाल काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत घर्तीको आर्थिक अभावका कारण ज्यान नै जोखिममा परेको भन्दै सहयोगको लागि अपिल गरेका हुन ।

कलिलो उमेरमा मृगौला रोगको सिकार भएकी अस्मिताको उपचारार्थ सहयोगी हातहरु अगाडी बढाईदिन समेत उनका बाबु सिक बहादुर घर्तीले अपिल गरे ।

सहयोगको लागि विरामीका बाबु तथा आफन्तको सम्पर्क नम्बर ९८०४९५९९८२,९८४३४२०८६८