आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता शुरु,पुरस्कार राशि ५० हजार

गोकर्णेश्वर खबर३२ जेष्ठ २०८०, बिहीबार ०९:०१ मा प्रकाशित (१0 महिना अघि) ५७ पाठक संख्या

काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता बुधबारबाट बाट शुरु भएको छ । श्री टुसाल युवा क्लबद्वारा आयोजित प्रतियोगिता काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध टाउन प्लानिङको फुटबल मैदानमा सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बीच प्रमुख अतिथि बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले रेफ्री प्रदिप लामालाइ बल हस्तान्तरण गरि सुभारम्भ गरेका हुन।

प्रतियोगितामा २८ वटा टिमले सहभागीता जनाएका छन।

टुसाल युवा क्लबका अध्यक्ष विजय लामाको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा बिशेष अतिथि ओम तामाङ सुख दुःख गुठीका अध्यक्ष सुरज रुम्बा, सामुदायिक सेवा केन्द्र समितिका अध्यक्ष वीर बहादुर लामा ,बौद्ध भेट्रान क्लबका अध्यक्ष बिबेक लामा, टुसाल युवा क्लबका संरक्षक चन्द्र दिप लामा,श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तीमाया तामाङ, सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, पशुपतिनाथ (श्याम) खतिवडा, रग्वा शेर्पा, शैलेश श्रेष्ठ रहेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमका प्रमुख अतिथि बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले छ्योमे बाली औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए ।कार्यक्रममा श्री टुसाल युवा क्लबका सचिव सन्तोष लामाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेको कार्यक्रममा टुसाल युवा क्लबका सल्लाहकार सुरज लामा लो लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि राजकुमार लामाले आयोजकलाइ धन्यवाद दिदै क्षेत्र विकासले भेट्रान क्लबलाई मात्र नभई युवा क्लबहरुलाई समेत सहयोग गर्दै आइरहेको बताए । उनले खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस र खेलको माध्यम बाट विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथको प्रवर्द्धनमा समेत टेवा पुगोस भन्ने हेतुले सहयोग गरेको बताए। अध्यक्ष लामाले युवाहरुलाई दुर्व्यसन तर्फ लाग्न नदिई खेलकुद तर्फ आकर्षित गर्न पनि यस्ता कार्यक्रम फलदायी हुने बिश्वास ब्यक्त गरे ।

असार २ गते सम्म चल्ने उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार ५ सय ५५ रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्धितीय हुने टिमले नगद रु २५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।त्यसैगरि प्रतियोगितामा म्यान अफ दि म्याच , उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट डिफेन्सलाइ समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।

औपचारिक कार्यक्रमको समापन गर्दै अध्यक्ष विजय लामाले उपस्थित सबैलाई धन्यवाद दिए । उनले अन्य सामाजिक कार्यमा समेत यस्तै सहयोग हुनेमा क्लब विश्वस्त रहेको बताए ।

कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी सहित स्थानीय, खेलाडी र खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रम संचालन समाजसेवी अनमोल श्रेष्ठले गरेका थिए ।