आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

नेपाल मेडिकल कलेजमा वृहत रक्तदान कार्यक्रम सम्पन्न , ३५ जना गरे रक्तदान

गोकर्णेश्वर खबर१३ जेष्ठ २०८०, शनिबार १४:५७ मा प्रकाशित (११ महिना अघि) २७१ पाठक संख्या

१३ जेठ, काठमाडौं । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । उपत्यका लागयत मुलुकभर यतिबेला रगतको चरम अभाव भएको छ । रगतको यो अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले आज नेपाल मेडिकल कलेज ,गोकर्णेश्वर ८ अत्तरखेलमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मेडिकल कलेज, छहारी युवा क्लव तथा सिद्धिदात्री महिला समूहद्वारा संयुक्ता आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

शानिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको सञ्जय अचार्यले जानकारी दिए । रगत अभावका कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्दै प्रत्येक रक्तदाता जिवनदाता हो भन्ने उध्ेश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

अहिले अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदिन मद्दत पुगोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको सिद्धिदात्री महिला समूहकी अध्यक्ष तारादेवी फुयालले बताए । शानिबार भएको रक्तदान कार्यक्रममा ३५ जना भन्दा बढी रक्तदाताहरुले रगत दान गरेका छन् ।