आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

गोनपा १ पाथिभरा टोलमा निर्मित खानेपानी ट्यांकी उद्घाटन 

गोकर्णेश्वर खबर२८ चैत्र २०७९, मंगलवार ०८:०९ मा प्रकाशित (१ साल अघि) ७१ पाठक संख्या

२८ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. १ मा नगरपालिकाको सहयोगमा पाथिभरा टोलमा निर्मित खानेपानी ट्यांकी उद्घाटन भएको छ । सोमबार पाथीभरा टोल सुधार तथा भवन निर्माण उपभोक्त समितिले निर्माण गरेको ट्यांकीको प्रमुख अतिथी तथा नगर प्रमुख दीपक रिसालले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रम समितिका अध्यक्ष प्रकाश राना मगरको सभापतित्वमा भएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दीपक रिसालले स्थानीय चुनाव अधि बाचा गरे अनुसार नगरका सबै क्षेत्रमा खानेपानी पुर्याउने योजना अनुसार काम भईरहेको बताए । उनले आगामी वर्षभित्र नगरका सबै क्षेत्रमा खानेपानी सुविधा पुगिसक्ने बताए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको प्रमुख राजनीतिक सल्लाहकार कुमार लामा, खेलकुद संयोजक सञ्जय लामा, सुन्दरीमाई सहकारीका अध्यक्ष जनार्दन खड्का, समाजसेवी गौरीशंकर भण्डारी, समितिका कोषाध्यक्ष मनोज खनाल लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । यस खानेपानी आयोजनाबाट ३०० घरधुरी लाभान्वित हुनेछन् ।

४४ लाखको लागतमा ट्यांकी निर्माण, पाईप बिछ्याउने कार्य र वाल बनाउने कार्य भएको समितिका अध्यक्ष प्रकाश राना मगरले गोकर्णेश्वर खबरलाई बताए ।