आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

जोरपाटीमा समाज डेन्टल हस्पिटलको शाखा भोली उद्घाटन हुँदै

गोकर्णेश्वर खबर२४ चैत्र २०७९, शुक्रबार २०:४० मा प्रकाशित (१ साल अघि) २६० पाठक संख्या

२४ चैत, काठमाडौं । समाज डेन्टल हस्पिटलको ९ औं शाखा गोकर्णेश्वर नगरपालिका वडा नं ६ बौद्ध जोरपाटीमा भोली उद्घाटन हुने भएको छ । “दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता” भन्ने उदेश्यका साथ समाज डेण्टल हस्पिटलको शाखा खुल्न लागेको हो । समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा बौद्ध – जोरपाटीबाट पनि सेवा दिने हेतुले शाखा बिस्तार गरेको हो ।

आउदो चैत्र २५ गते एक विशेष कार्यक्रम गरि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालको हातबाट रिबन काटेर उदघाटन हुने र उक्त दिन सम्पुर्ण सेवाहरुमा ५०% छुट र बाँकी चैत्र महिना र बैशाख महिना भरि १५ % छुट दिने जानकारी हस्पिटलका प्रबन्धक सविन घिमिलेले बताए ।

प्रबन्धक घिमिरिले एतिहासिक धार्मीक, सांस्कृतिक शहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी व्यक्त गरेका छन। सामान्य शुल्कमा गुणस्तरीय सुविधा दिने उदेश्यका साथ शाखा स्थापना गरिएको घिमिरेले बताए । समाज डेण्टल हस्पिटलले २३ बर्ष देखि दाँत तथा मुख सम्वन्धी रोगको उपचार गर्दै आएको छ ।

काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलको शाखाहरु बानेश्वर, जाउलाखेल , बिपि अस्पताल , राधेराधे भक्तपुर , सनसिटि पेप्सिकोला , बसुन्धरा चौकी , बनेपा र गठाघर भक्तपुरमा समेत रहेको छ ।