आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

भेनस मोडमा त्रिवेणी ब्यांकेट तथा कफी शप आजबाट सञ्चालनमा

गोकर्णेश्वर खबर२४ चैत्र २०७९, शुक्रबार १०:३४ मा प्रकाशित (१ साल अघि) ८९ पाठक संख्या

२४ चैत, काठमाडौं । त्रिवेणी ब्यांकेट तथा कफी शप आजबाट सञ्चालनमा आएको छ । शुक्रबार गोकर्णेश्वर ८, भेनस मोडमा त्रीवेणी ब्यांकेटमा रहेको कफी शप वडा अध्यक्ष नन्दलाल श्रेष्ठले उद्घाटन गर्नु भयो ।

त्रिवेणी ब्यांकेट तथा कफी शपमा विभिन्न किसिमका कफी र केक पाईने छ भनें वर्थ डे लगायतका विभिन्न कार्यक्रमका लागि केक अर्डर गर्न सकिने छ ।

गोकर्णेश्वर-८ बेशीगाउँ अत्तरखेल क्षेत्रमा राम्रो कफी शपको माग रहेकोमा सो पूरा गर्न खोलिएको प्रोपाईटर नारायण श्रेष्ठले जानकारी दिए । कफी शपसँगै ४५ जनाको लागि गार्डेनसहित कन्फरेन्स हल तथा ब्यांकेटमा ४०० जनाका लागि पार्टी हल रहेको छ ।

भेनस मोडमा उत्तरफर्केको ढुंगेधारा स्थित त्रिवेणी ब्यांकेट तथा कफी शपमा पार्किङको राम्रो सुविधा रहेको छ ।