आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

दोश्रो चित्र कुमार स्मृति भेट्रान कपको उपाधि तकामी भेट्रानलाई 

गोकर्णेश्वर खबर२१ फाल्गुन २०७९, आईतवार २१:५१ मा प्रकाशित (१ साल अघि) ११९ पाठक संख्या

२१ फागुन, काठमाडौं । दोश्रो चित्र कुमार स्मृति भेट्रान कप तकामी भेट्रानले जितेको छ । शनिबार कामपा ६ बौद्ध नगर स्थित ग्राउण्डमा भएको फाईनल खेलमा किङ्स कम स्पोर्टसलाई ट्राईब्रेकरमा पराजित गर्दै तकामी भेट्रानले उपाधि जितेको हो ।

विजेता तकामी भेट्रानले नगद रु १ लाख ५० हजार सहति ट्रफी जितेको छ भनें उपविजेता किङ्स कम स्पोर्टस्ले नगद रु ७५ हजार सहित ट्रफी जितेको छ ।

वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रम क्लबका अध्यक्ष विवेक लामाको सभापतित्वमा भएको थियो । कार्यक्रममा गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाल, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको विशेष आतिथ्यता सहित विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

फागुन १४ गते देखि २० गतेसम्म आयोजना भएको प्रतियोगिता बौद्ध नगरस्थित फुटबल ग्राउण्डमा भएको थियो । प्रतियोगितामा २४ टिमले भाग लिएका थिए ।

यसैगरी, उत्कृष्ठ गोलकिपर सुनिल तामा, उत्कृष्ठ मिडफिल्डर टिका कार्की, बेष्ट खेलाडी सागर थापा, उत्कृष्ठ डिफेण्डर रितेश थापा भएका छन् । उत्कृष्ठ खेलाडीहरुले ट्रफी र नगद रु ५ हजार प्राप्त गरेका थिए । यस अघि पहिलो चित्र कुमार स्मृति भेट्रान कप २०७५ सालमा भएको थियो ।