आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको ६ तलामाथिबाट खसेर निधन 

गोकर्णेश्वर खबर२० फाल्गुन २०७९, शनिबार २१:४८ मा प्रकाशित (१ साल अघि) ६४ पाठक संख्या

२० फागुन, काठमाडौं । एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।

उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो । नयाँ बानेश्वरस्थित रेस्टुरेन्टको छतबाट खसेर मृत्यु भएका सरोजकुमार उपाध्यायले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

झन्डै पाँच फिट अग्लो रेलिङ रहेको रेस्टुरेन्टको टेबलमाथि चढेर उनी हाम फालेको देखिएकाले यो दुर्घटना भन्दा पनि नियतवस आत्महत्या देखिने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

उपाध्याय लगातार तीन दिन देखि सोही रेष्टुरेन्टमा जाने गरेको रहस्य पनि खुलेको छ। गत मंगलबारदेखि शंखमूलस्थित बबिन रेष्टुरेन्टमा जाँदै आएका उपाध्याय केही कुरा गर्दैनन् थिए। कफी र चुरोट मगाउँथे। अपरान्ह एक प्लेट मस्मस् मगाएर खाएपछि वेटरलाई टिप्स दिएर फर्किने उनको दिनचर्या रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।