आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

नेशनल मेडिकल कलेज वीरगंञ्जमा डिएम नियोनेटोलोजी ओपिडी सेवा सुरु 

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७९, बिहीबार १७:३४ मा प्रकाशित (१ साल अघि) ५२ पाठक संख्या

१८ फागुन, काठमाडौं । मधेश प्रदेश मै पहिलो नेशनल मेडिकल कलेजमा अब नवजात शिशुहरुको लागी विषेश सेवा दिने उदेश्यले डिएम नियोनेटोलोजी ओपिडी सेवा सुरु गरेको छ।

नवजात शिशुहरुको लागी विषेश सेवा दिने उदेश्यले सुरु गरिएको नियोनेटोलोजी ओपिडी सेवाको बुधबार एक कार्यक्रमका विच नेशनल मेडिकल कलेजका एमडी बसरुदिन अन्सारीले रिवन काटेर उद्धघाटन गरेका थिए ।

एमडी अन्सारीले उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश पहिलो पटक वीरगञ्जमा नवजात शिशुहरुको लागी आवश्यक पर्ने विशेष सेवा दिने उदेश्यले विषेशज्ञ डाक्टरको निगरानीमा रहने गरी डिएम नियोनेटोलोजी ओपिडी सेवा सञ्चालनमा ल्याएको बताए । नियोनेटोलोजी ओपिडीका प्रमुख डाक्टर धिरेन्द्र प्रसाद यादवले समय भन्दा अगावै अथवा समय भन्दा ढिलो जन्मेका एक महिनासम्मको बच्चाहरुको लागी विशेष हेरचाह गर्नको लागी यो ओपीडी सेवाबाट ठुलो मद्धत पुग्ने बताए ।

कार्यक्रममा अस्पतालकी निर्देशक डाक्टर ईश्रत जहां अन्सारी, एडमिशन डाईरेक्टर डाक्टर आविद हुशैन अंसारी, अस्पतालका प्रध्यापक डाक्टर केएन सिंह,अस्पतालका प्रवक्ता सेराज अहमद लगायतकाको उपस्थीती रहेको थियो ।