आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

गोकर्णेश्वर ६ मा नयाँबस्तिबाट ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम शुरु 

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७९, बुधबार ११:२७ मा प्रकाशित (१ साल अघि) ९८ पाठक संख्या

१७ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ मा जनतासँग मेयर ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम आजबाट शुरु भएको छ । बुधबार वडा नं. ६ नयाँबस्तिमा एक कार्यक्रम आयोजना गरि घरदैलो कार्यक्रम शुरु भएको हो ।

शुभारम्भ कार्यक्रम नगर प्रमुख दीपक रिसाल र वडा अध्यक्ष नवराज लामाले स्वास्थ्य सामग्री हस्तान्तरण गरि शुरु गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दीपक रिसालले ज्येष्ठ नागरिक जीवनको लामो समयसम्म समाजको विकासका लागि गरेको संघर्ष र भूमिकाको सम्मान गर्दै नगरपालिकाले घरघरमा पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम राखेको बताए ।

वडा अध्यक्ष नवराज लामाले वडावासीको पक्षमा नगरपालिका र वडाले धेरै कार्यक्रमहरु गर्दै आएकोले त्यसबाट लाभ लिन आम वडावासीलाई आग्रह गरे । लामाले वडावासीको सहयोग लिएर वडाको विकास र विभिन्न कार्यक्रम आयोजना हुने भएकोले त्यसमा चासो लिएर भाग लिन पनि आग्रह गरे ।

कार्यक्रम वडा सदस्यहरु बच्चुराम शर्मा कुईकेल, मञ्जु पुडासैनी, वशन्ती नगरकोटी, नगर स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय, डाक्टर तथा स्वास्थ्य स्वयंसेवकहरु लगायतको उपस्थितीमा भएको थियो ।