आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

काठमाडौं उपत्यकामा आज पाँच महिनापछि वर्षा 

गोकर्णेश्वर खबर१४ फाल्गुन २०७९, आईतवार १८:०२ मा प्रकाशित (१ साल अघि) २२ पाठक संख्या

१४ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा भएको छ। पाँच महिनापछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा पानी परेको हो ।

यो वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन सकेको थिएन। यसअघि असोज २८ गते मात्र उपत्यकामा पानी परेको थियो। आइतबार उपत्यकासहित देशका पहाडी क्षेत्रमा मेघ गर्जन तथा चट्याङ्सहित हल्का वर्षा भएको हो।

आज काठमाडौं उपत्यकाभित्र ललितपुर, काठमाडौं र भक्तपुरका केही ठाउँमा हल्का वर्ष भयो। न्यून चापीय वायुका कारण काठमाडौं उपत्यकाका विभिन्न भागमा हल्का वर्ष भइरहेको छ।

यस्तै गण्डकी प्रदेशको पोखरा लगायत पहाडी भूभागमा भने दिउँसोदेखि नै वर्ष भइरहेको छ।