आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

नारायणटारमा फागुन १७ बाट एक हप्ते निःशुल्क योग शिविर हुने

गोकर्णेश्वर खबर१० फाल्गुन २०७९, बुधबार २१:३२ मा प्रकाशित (१ साल अघि) १११ पाठक संख्या

१० फागुन, काठमाडौं । महिला पतंजलि योग समिति नेपालको तत्वाधानमा नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र प्रांगण नारायणटारमा नगर स्तरीय योग कार्यक्रम हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को आयोजनामा फागुन १७ गते देखि २३ गतेसम्म हुने निःशुल्क योग शिविर हुने भएको हो ।

बिहान साढे ५ बजेबाट साढे ७ बजेसम्म योग प्रशिक्षण हुनेछ । योग प्रशिक्षक साध्वी देवादिति रहनु भएको छ ।

निःशुल्क योग कार्यक्रम पतंजलि योग समिति गोकर्णेश्वर नगर परिवार, महिला पतंजलि योग समिति काठमाण्डौं, पतंजलि योग समिति काठमाण्डौ, नारायणटार युवा क्लबको सहयोगमा हुन लागेको हो ।