आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

गोकर्णेश्वर मेयर कप राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको विजयी आशिष फुयाल

गोकर्णेश्वर खबर९ फाल्गुन २०७९, मंगलवार २२:०३ मा प्रकाशित (१ साल अघि) १३० पाठक संख्या

९ फागुन, काठमाडौं । गोकर्णेश्वर मेयर कप खुल्ला राष्ट्रिय (¥यापिड) फिडे रेटिङ् बुद्धिचाल प्रतियोगिता २०७९ को विजयी आशिष फुयाल भएका छन् ।

माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबले आयोजना गरेको प्रतियोगितामा देशभरबाट १७४ खेलाडी सहभागि भएका थिए । प्रतियोगितामा प्रथम भई फुयालले २५ हजार नगद राशीको पुरस्कार पाउन सफल भए । यसैगरी बद्रीलाल नेपाली दोश्रो भई नगद रु १५ हजार र आयोजक क्लबका पुरुषोत्तम चौलागाई तेस्रो भई रु १० हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा आयोजक क्लबका खेलाडीहरुले तेस्रो सहित ८ वटा पुरस्कार जित्न सफल भएका थिए ।

प्रतियोगिताको फागुन ६ गते नगर प्रमुख दीपक रिसालले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा नगर उपप्रमुख सान्नानी लामा, गोनपा ७ का वडा अध्यक्ष केशव गुरुङ, सुशासन समिति सदस्य तथा गोनपा ८ का वडा सदस्य सुमन लामा लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

२ दिने प्रतियोगितामा पुरस्कार वितरण नगर खेलकुद संयोजक सञ्जय लामाले गरेका थिए । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगिता गोकर्णेश्वर–७ शिवचोकमा रहेको नामि कलेजमा सञ्चालन भएको थियो ।