आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

लिटिल बड सेकेण्डरी स्कुलको स्पोर्टस् मिट २०७९ सम्पन्न

गोकर्णेश्वर खबर८ फाल्गुन २०७९, सोमबार १३:५४ मा प्रकाशित (१ साल अघि) ५२ पाठक संख्या

८ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ मा रहेको लिटिल बड सेकेण्डरी स्कुलको स्पोर्टस् मिट २०७९ सम्पन्न भएको छ । आज सोमबार स्पोर्टस् मिटको समापन कार्यक्रममा विभिन्न विधामा छात्रछात्राहरुलाई मेडल तथा पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयका अध्यक्ष पदमध्वज कार्कीको सभापतित्वमा भएको समापन कार्यक्रममा नगर उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका सुशासन समिति सदस्य तथा वडा सदस्य सुमन लामा, विद्यालयका निर्देशक नारद खड्का, प्रिन्सिपल रुपेन्द्र पोखरेल लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा स्वागत मन्तव्य निर्देशक नारद खड्काले राखेका थिए भनें कार्यक्रम सञ्चालन भाईस प्रिन्सिपल शर्मिला महर्जनबाट भएको थियो । फागुन ३ गते शुरु भई ७ गतेसम्म सञ्चालन भएको स्पोर्टस् मिटको शुभारम्भ वडा अध्यक्ष नन्दलाल श्रेष्ठले गरेका थिए ।