आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

लिटिल बड सेकेण्डरी स्कुलको स्पोर्टस् मिट २०७९ शुरु

गोकर्णेश्वर खबर३ फाल्गुन २०७९, बुधबार १९:४४ मा प्रकाशित (१ साल अघि) १०३ पाठक संख्या

३ फाुन, काठमाडौं । लिटिल बड सेकेण्डरी स्कुलको स्पोर्टस् मिट २०७९ आजबाट शुरु भएको छ । वडा अध्यक्ष नन्दलाल श्रेष्ठले आज स्पोर्टस् मिटको शुभारम्भ गर्नु भयो ।

फागुन ७ गते सम्म सञ्चालन हुने स्पोर्टस् मिटमा विद्यार्थीहरुले विभिन्न खेलकुदमा भाग लिई प्रतिश्पर्धा गर्ने छन् । स्पोर्टस् मिट शुभारम्भ

कार्यक्रममा वडा अध्यक्ष नन्दलाल श्रेष्ठको प्रमुख आतिथ्यता, नगर सुशासन समितिका सदस्य तथा वडा सदस्य सुमन लामाको विशेष आतिथ्यता, प्रिन्सिपल नारद खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम कार्की लगायत विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य तथा प्रस्तुति प्रदर्शन गरेका थिए ।