आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

मोबाइल पसल लुट्नेलाई कारबाही गर्न गृहको निर्देशन 

गोकर्णेश्वर खबर२ फाल्गुन २०७९, मंगलवार १५:४० मा प्रकाशित (१ साल अघि) २३ पाठक संख्या

२ फागुन, काठमाडौं । गृह मन्त्रालयले यातायात मजदूरको आन्दोलनको क्रममा सोमबार मोबाइल पसलमा भएको लुटपाटको घटनामा संलग्नलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।

सोमबार साँझ यातायात मजदूरको आन्दोलनको क्रममा गोंगबुस्थित ल्होत्से मलमा रहेको मोबाइल पसलमा तोडफोड तथा लुटपाट भएको थियो। व्यवसायीहरुले ८-१० करोडको मोबाइल लुटिएको भन्दै सरकार र आन्दोलनकारीहरुले त्यसको क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

उक्त लुटपाटको घटना सार्वजनिक भएपछि गृह सचिव विनोदप्रकाश सिंहले नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहलाई टेलिफोन गरी घटनाको अनुसन्धान गरी कारबाही अघि बढाउन निर्देशन दिएका हुन्।