आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

चामुण्डा मा.वि.गोकर्णेश्वर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम 

गोकर्णेश्वर खबर२९ माघ २०७९, आईतवार १८:४९ मा प्रकाशित (१ साल अघि) ७८ पाठक संख्या

२९ माघ, काठमाडौं । गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २०६ अंक सहित चामुण्डा मा.वि.प्रथम भएको छ । इष्टपोल मा.वि.१३९ अंक सहित द्वितीय र ९६ अंक सहित गोकर्ण मा.वि.ले तेस्रो स्थान हासिल गरेको छ ।

३७ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्र र छात्रा तर्फ भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु, एथ्लेटिक्स तर्फ १०० मि., २०० मि., ४०० मि., ८०० मि., १५०० मि., ३००० मि. तथा लङजम्प, सटपुट, ज्याभलिन थ्रो, हाईजम्प, ट्रिपलजम्प, कराते, ताइक्वान्दो लगायतका विभिन्न खेलमा भएको प्रतिश्पर्धामा धेरै खेलमा जित हासिल गरेको अंकका आधारमा चामुण्डा मा.वि.प्रथम भई विजयी भएको हो ।

प्रतियोगितामा प्रथम, दोश्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयहरुले क्रमशः नगद रु १५ हजार, १२ हजार र ९ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

आज गोकर्णेश्वर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । गोनपा शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको प्रतियोगिता माघ २६ गते शुरु भई माघ २९ गतेसम्म तीन दिन सञ्चालन भएको थियो । आज नगरपालिकाले बाल सुधार मा.वि. नयाँपाटीमा समापन तथा पुरस्कार वितरण समारोह आयोजना गरेका थियो ।

समापन तथा पुरस्कार वितरण समारोह नगर प्रमुख दीपक रिसालको सभापतित्वमा भएको थियो । कार्यक्रममा नगर उपप्रमुख सान्नानी लामाको विशिष्ठ आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, शिक्षा शाखा प्रमुख दण्डपाणी शर्मा, वडा अध्यक्षहरु द्वारिका श्रेष्ठ, जयराम महत, नवराज लामा, केशव गुरुङ, नगर युवा तथा खेलकुद समतिका संयोजक सञ्जय लामाको विशेष आतिथ्यता रहको थियो । कार्यक्रममा वडा सदस्यहरु सुमन लामा, प्रेम बहादुर खड्का, उमेश चालिसे, श्रीकृष्ण कारञ्जित, लक्ष्मी गुरुङ, प्रियस दाहाल, गंगा प्रसाद खतिवडा, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु हरि प्रसाद उपाध्याय, भुपेन्द्र बोहरा लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शैक्षिक संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

आज विभिन्न विधामा उत्कृष्ठ भएका विभिन्न विद्यालयका छात्रछात्राहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । युवा तथा खेलकुद उपशाखा प्रमुख राम नारायण शाहले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।