आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

मेलमिलाप सम्वन्धि ८ दिने आधारभुत तालिम सम्पन्न 

गोकर्णेश्वर खबर२९ माघ २०७९, आईतवार ०८:३२ मा प्रकाशित (१ साल अघि) ४६ पाठक संख्या

२९ माघ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका न्यायीक समितिद्वारा आयोजित मेलमिलाप सम्वन्धि ८ दिने आधारभुत तालिम आज सम्पन्न भएको छ । माघ २१ गते देखि काभ्रेको पनौति कुशादेवीमा सञ्चालन भईरहेको तालिम शनिबार समापन भएको हो । गोकर्णेश्वरका ९ वटै वडाबाट ३–३ जनाको सहभागिता रहेको थियो ।

शनिबार तालिम समापन समारोह गोकर्णेश्वर नगरपालिकाका नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक सान्नानी लामाको सभापतित्व तथा धुलिखेल नगरपालिकाका मेयर अशोक व्यञ्जुको प्रमुख आतिथ्यता तथा बनेपा नगरपालिकाका उपमेयर विमला सापकोटा दाहालको विशिष्ठ आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा गोकर्णेश्वरका सुशासन समितिका सदस्य सुमन लामा, प्रमुख प्रशिक्षक वरिष्ठ अधिवक्ता रामकृष्ण काफ्ले, गोनपाका कानूनी सल्लाहकार अधिवक्ता राजेन्द्र भण्डारी, गोपाल प्रसाद भण्डारी, नेपाल मेलमिलापकर्ता समाजका महासचिव सतिश कुमार झा, न्यायिक समिति सदस्य प्रेम बहादुर खड्का, न्यायिक समिति सदस्य केशव प्रसाद सिंखडाको आतिथ्यता रहेको थियो ।

तालिममा सहभागिहरुलाई प्रमुख अतिथी धुलिखेल नगरपालिकाका मेयर अशोक व्यञ्जुले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी व्यञ्जु र प्रमुख प्रशिक्षक काफ्लेलाई गोकर्णेश्वरका नगर उप प्रमुख सान्नानी लामाले गोकर्णेश्वर महादेव मन्दिरको प्रतिमा मायाको चिन्ह स्वरुप हस्तान्तरण गर्नु भएको थियो ।

यसैगरी शुभकामना मन्तव्य नगरपालिकाका कानूनी सहजकर्ता अनिता विष्टले राख्नु भएको थियो भनें धन्यवाद ज्ञापन न्यायिक समिति सदस्य प्रेम बहादुर खड्काले राख्नु भएको थियो ।