आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

मुलखर्कमा विद्युतिय चुलो वितरण

गोकर्णेश्वर खबर२२ माघ २०७९, आईतवार ०९:१७ मा प्रकाशित (१ साल अघि) ५० पाठक संख्या

२१ माघ, काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले वडा नं. १ मुलखर्क स्थित सुन्दरीमाई स्कुलमा नवीकरणीय उर्जा प्रविधि जडान कार्यक्रम अन्तर्गत विद्युतिय चुलो वितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका वडा नं. १ को कार्यालयको सिफारिसमा १५० वटा विद्युतिय चुलो गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नगर उप प्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष द्धारिका श्रेष्ठ, वडा सदस्य कृष्ण तामाङ लगायतले स्थानीयको उपस्थितीमा वितरण गरिएको थियो ।

नगरपालिकाले आधुनिक विधुतिय चुल्होले वातावरण संरक्षणमा पुग्ने फाईदा तथा परम्परागत चुलो तथा ग्यासबाट स्वास्थ्यमा पर्ने असर कम गर्न लगायतका विषयलाई ख्याल गरी चुलो वितरण गरेको हो ।