आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

चेल्सी इन्टरनेशनल एकेडेमीद्वारा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

गोकर्णेश्वर खबर१६ माघ २०७९, सोमबार ०९:०४ मा प्रकाशित (१ साल अघि) ८५ पाठक संख्या

१६ माघ, काठमाडौं । चेल्सी इन्टरनेशनल एकेडेमी (विद्या संस्कार स्कुल)ले आईतबार विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

आज चेल्सी इन्टरनेशनल एकेडेमी अन्तर्गत रहेको विद्या संस्कार विद्यालय जोरपाटी अत्तरखेलमा आयोजित अभिन्नदन कार्यक्रममा जनप्रतिनिधि, सामाजिक, शैक्षिक, वातावरण, चिकित्सा, मिडिया, शिक्षा, विज्ञान, कलाकारिता, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

चेल्सी इन्टरनेशनल एकेडेमीका अध्यक्ष आनन्द आदित्य, प्रिन्सिपल तथा संस्थापक निर्देशक डा.सुधिर कुमार झा, प्रबन्ध निर्देशक प्रमिता बिष्टले दोसल्ला, प्रमाणपत्र र सरस्वतीको प्रतिमा सहित सम्मान गर्नु भएको थियो ।

आज वरिष्ठ समाजसेवी तथा माईति नेपालका संस्थापक अध्यक्ष अनुराधा कोईराला, काठमाडौं ३ बाट प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे, पूर्व प्रतिनिधिसभा सदस्य कृष्ण राई, वागमति प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाल, वागमति प्रदेशसभा सदस्य विमल ठकुरी, छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नगर उपप्रमुख सान्नानी लामा, गोकर्णेश्वरका प्र्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, गोनपा ८ का वडा अध्यष नन्दलाल श्रेष्ठ, कर्मचारी तर्फ गोकर्णेश्वरका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख डण्डपाणी शर्मा, उपप्रमुख टेकेन्द्र प्रसाद ढकाल, भुपेन्द्र बोहरा, शिक्षा शाखा प्रमुख राम नारायण शाह, प्राविधिक क्षेत्रबाट प्रकाश अर्याल, खेलकुदबाट प्रदिप लामा, मिडिया तर्फबाट आशिष लामा, सुदर्शन बजगाई, गोकर्णेश्वर नगर खेलकुद संयोजक सञ्जय लामा, समाजसेवी उत्तम पुडासैनी, रोज विष्ट, सुनिता आचार्य लगायत विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले आकर्षक एकल तथा सामुहिक नृत्यहरु प्रस्तुत गरेका थिए ।