आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

आज शहीद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै 

गोकर्णेश्वर खबर१६ माघ २०७९, सोमबार ०८:४४ मा प्रकाशित (१ साल अघि) ९३ पाठक संख्या

१६ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस आज शहीदको सम्झनामा विविध कार्यक्रम गरी देशभर मनाइँदैछ ।

माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह अन्र्तगत विभिन्न संघसंस्था, राजनीतिक संगठनले कार्यक्रम गरी शहीद सप्ताह मनाउँदै आएका छन् । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

आज अपरान्ह जगडोल स्थित शहिद पार्कमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा कार्यक्रम हुँदैछ ।