आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

चौथो ल्होछार कप बास्केटबल प्रतियोगिता श्रीपञ्चमीको दिनबाट शुरु

गोकर्णेश्वर खबर१० माघ २०७९, मंगलवार २१:०३ मा प्रकाशित (१ साल अघि) २६ पाठक संख्या

१० माघ, काठमाडौं । बौद्ध युथ फाउण्डेसनको आयोजनामा चौथो ल्होछार कप बास्केटबल प्रतियोगिता हुने भएको छ । माघ १२ गते श्रीपञ्चमीको दिनबाट १ हप्ता प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितामा देशभरबाट ल्होसार मान्ने समुदायका टिम सहभागि हुन पाउने छन् । बौद्ध सिमलटारस्थित डुकमाण्डुमा सञ्चालन हुने प्रतियोगिताको विजयीले नगद एक लाख र उपविजेताले ५० हजार पाउने छन् ।

गोकर्णेश्वर नगरपालिका लगायत विभिन्न संघसंस्थाको आर्थिक सहयोग र प्रायोजनमा हुने प्रतियोगिताको कुल लागत ५ लाख ३० हजार लाग्ने आयोजकले बताएका छन् । प्रतियोगिता फुर्वा लामा लगायतका व्यक्तित्वहरुको संयोजनमा हुनेछ ।

आज बौद्ध स्थित बज्रबल क्याफेमा गोकर्णेश्वरका खेलकुद संयोजक सञ्जय लामा लगायतको उपस्थितीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

खेलको टाईसिट यस प्रकार रहेको छ :-