आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा बौद्धनाथमा दीप प्रज्वलन 

गोकर्णेश्वर खबर५ माघ २०७९, बिहीबार ०९:२६ मा प्रकाशित (१ साल अघि) ६६ पाठक संख्या

५ माघ, काठमाडौं । लायन्स क्लब अफ काठमाडौं जर्नी र लायन्स क्लब अफ काठमाडौं ग्रीन हिलले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा काठमाडौँ बौद्धनाथमा दीप प्रज्वलन गरेको छ ।

बुधबार विमान दुर्घटनामा दिवङ्गत भएकाहरूको आत्माको शान्तिको कामना गर्दै बौद्धनाथमा दीप प्रज्वलन गरिएको हो । आइतबार यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती खोचमा खसेको थियो ।

दुर्घटनामा विमानमा सवार ६८ जना यात्रु तथा ४ जना चालक दलका सदस्यहरूको मृत्यु भएको थियो ।