आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

आजबाट दुईदिने तारेभिर पर्यटन महोत्सव शुरु

गोकर्णेश्वर खबर१ माघ २०७९, आईतवार ०९:५२ मा प्रकाशित (१ साल अघि) ८३ पाठक संख्या

माघ १, काठमाडौं । तारेभिर पर्यटन महोत्सव आजबाट शुरु हुदैछ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको प्राकृतिक रुपमै आकर्षक क्षेत्र तारेभिरमा माघ १ र २ गते तारेभिर पर्यटन महोत्सव हुनेछ ।

आज नेपाल सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा स्थानीय उत्पादन र सामाग्रीहरुको प्रदर्शन हुनेछन् । यसैगरी स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुतिहरु दिनेछन् ।

तारेभिर जानका लागि काठमाडौं चावहिलबाट चुच्चेपाटी बौद्ध जोरपाटी हुदै गोकर्ण हनुमान चोकबाट उत्तर सुन्ताखान बालुवा हुदै तारेभिर पुग्न सकिन्छ ।