आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

पूर्व मन्त्री अम्बिका बस्नेतलाई मातृ शोक 

गोकर्णेश्वर खबर१७ पुष २०७९, आईतवार १४:४१ मा प्रकाशित (१ साल अघि) ९२ पाठक संख्या

१७ पुष, काठमाडौं । पूर्व मन्त्री, वर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतलाई मातृ शोक परेको छ ।

पूर्व मन्त्री अम्बिका बस्नेतको आमा कपिल कुमारी बस्नेतको ९८ वर्षको उमेरमा आज बौद्ध फुलबारीमा निवासमा दिउसो पौने २ बजे निधन भएको गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर प्रवक्ता मनोज कुमार ढुंगानाले जानकारी दिए ।

कपिल कुमारीका २ छोरी अम्बिका बस्नेत र इन्दिरा कोइराला हुनुहुन्छ । मृतकको दाह संस्कार आजै पशुपति आर्य घाटमा हुनेछ ।