आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

गोकर्णेश्वर ८ का पूर्व वडा अध्यक्ष मनोज कुमार ढुंगानालाई पितृशोक

गोकर्णेश्वर खबर२४ मंसिर २०७९, शनिबार २२:४९ मा प्रकाशित (१ साल अघि) ७७ पाठक संख्या

२४ मंसिर, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का पूर्व वडा अध्यक्ष तथा नगर प्रवक्ता मनोज कुमार ढुंगानालाई पितृशोक परेको छ । पूर्व नगर प्रवक्ता ढुंगानाका पिता राम ढुंगानाको शनिबार साँझ ६ बजे ८० वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको हो ।

स्वर्गीय राम ढुंगानाको एक छोरा र एक छोरी हुनुहुन्छ । पारिवारिक स्रोतका अनुसार अहिले मृतकको अन्तिम संस्कार पशुपति आर्यघाटमा भईरहेको छ ।