आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

ओख्रेनी र मुलखर्कमा विद्यार्थीलाई उपप्रमुख सान्नानी लामाबाट न्यानो कपडा वितरण

गोकर्णेश्वर खबर२२ मंसिर २०७९, बिहीबार ०८:०३ मा प्रकाशित (१ साल अघि) ३२ पाठक संख्या

२१ मंसिर, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाद्वारा वडा नं. १ मा आधारभुत विद्यालयहरुका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । मंगलबार नगर उपप्रमुखको प्रमुख आतिथ्यतामा सुन्दरीजल मुलखर्क र ओख्रेनीका विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण भएको छ ।

सो कार्यक्रममा वडा अध्यक्ष द्वारिका श्रेष्ठको विशेष आतिथ्यता तथा सामाजिक परिचालन उपशाखाका अजिता कपाली, वडा सदस्य श्रीकृष्ण तामाङको आतिथ्यता रहेको थियो ।
सुन्दरीजल आधारभुत विद्यालयमा ५४ जना, ईश्वरी आधारभुत विद्यालय ओख्रेनीमा १३० जना र बागद्वार आधारभुत विद्यालयमा ४३ जना बालबालिकाहरुलाई न्यानो कपडा ट्रयाकसुट वितरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष द्वारिका श्रेष्ठले नगरपालिकाको सहयोगले विद्यार्थीलाई नियमित विद्यालय आउन र राम्रोसँग अध्ययनका लागि प्रोत्साहन र सहयोग पुग्ने विश्वास व्यक्त गरे ।