आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

मुवाँथाइ प्रोफेशनल फाईट प्रतियोगिता सम्पन्न

गोकर्णेश्वर खबर१७ मंसिर २०७९, शनिबार २१:०३ मा प्रकाशित (१ साल अघि) ३२ पाठक संख्या

१७ मंसिर, काठमाडौं । गोकर्णेश्वर मन्दिर प्रांगणमा आज मुवाँथाइ प्रोफेशनल फाईट प्रतियोगिता भएको छ । गोकर्णेश्वर मुवाँथाइ नगर कमिटिको संयोजनमा भएको प्रतियोगितामा विभिन्न विधामा ९ जोडिले प्रतिश्पर्धा गरेका थिए । गोकर्णेश्वर मुवाँथाइ नगर कमिटिका अध्यक्ष सानु कान्छा श्रेष्ठको सभापतित्वमा भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी तथा नगर प्रमुख दीपक रिसालले गरेका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जयराम महत, युवा तथा खेलकुद शाखा प्रमुख राम नारायण शाह, नगर खेलकुद संयोजक सञ्जय लामाको विशेष आतिथ्यता तथा अन्य विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले नगरपालिकामा खेलकुदको विकासका लागि पर्याप्त बजेट विनियोजन गरी पूर्वाधार निर्माण भईरहेको बताए । यसैगरी वडा अध्यक्ष जयराम महतले खेलकुदको विकासमा गोकर्णेश्वर नगरपालिका वडा नं. ४ ले सरोकारवाला निकाय र संघसंस्थासँग सहकार्य, समन्वय गरिरहेको बताए ।

आज भएको प्रतियोगितामा प्रोफेसनल तर्फ रामेछापका लाल बहादुर तामाङले खोटाङका तेजन मगर विरुद्ध जिते, यसैगरी काठमाडौंका लाक्पा तामाङ विरुद्ध सर्लाहीका धर्मेन्द्र राम विजयी भए । एमेचर तर्फ खोटाङका नविन राईलाई सिरहाका शशाँक शर्मा विजयी भए । यसैगरी एमेचर तर्फको नै कुस्तिमा कास्कीका निश्चल गौतम विरुद्धको कुस्ती समिर लामाले जिते । अरोज यादवलाई योगेन्द्र खड्काले जिते भनें रमेश तामाङलाई कपिल बहादुर सिंहले हराए ।

सेमी प्रोफेसनल तर्फ तेह्थुमका सुजन लिम्बुले सबिर श्रेष्ठलाई हराए । प्रोफेसनल तर्फ हुम्लाका दीपक कार्कीलाई खोटाङका प्रविन राईले हराए । यसैगरी प्रोफेसनल तर्फ नै नारायण श्रेष्ठ विरुद्ध नवराज पराजुली विजयी भए ।

कार्यक्रममा विजयी खेलाडीहरुलाई नगद पुरस्कार सहित बेल्ट र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमका अतिथी, सहभागि खेलाडी, सहयोगी संघसंस्था, स्वर्यसेवक लगायतलाई मायाको चिन्ह प्रदान गरिएको थियो ।